जात्रा-पर्व

बिस्केट जात्रा - भैरवनाथको रथ बिग्रिएपछि मर्मत

इकागज |
चैत २८, २०८० बुधबार १८:३४ बजे

काठमाडाैँ - भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का अर्थात बिस्केट जात्रा अन्तर्गत पहिलो दिन तानिएको भैरवनाथको रथ मर्मत गरिएको छ ।

जात्राको पहिलो दिन प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ बिग्रिएपछि मर्मत गरिएको हो । रथको पाङ्ग्राको बीचमा हुने चारवटै गलः भाँचिएका कारण रथ मर्मत गरिएको स्थानीयले जनाएका छन् ।


तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्राको पहिलो दिन टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गरिएको थियो ।

भैरवनाथको रथ तानेर शुरु हुने जात्रा वैशाख ५ गते विधिवत् सम्पन्न गरिन्छ ।


Author

थप समाचार
x