अर्थ / बाणिज्य

आगामी बजेटमा करको दर होइन दायरा बढ्छ : अर्थमन्त्री शर्मा

इकागज |
जेठ ३, २०७९ मंगलबार १९:१२ बजे

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले संसद् समक्ष विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । शर्माले प्रतिनिधिसभा संसद्‌मा आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकमा समावेश हुने सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गरेका हुन् । संसदको बैठकमा अर्थमन्त्री शर्माले कर प्रस्ताव बाहेकको बजेटको सिद्धान्त र प्राथमिकताहरु प्रस्तुत गरेका हुन् ।

देशको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले निजी क्षेत्र मैत्री बजेट आउने बताए । उनले विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसले निजी क्षेत्रलाई पनि समस्या परेकोले आगामी बजेट निजी क्षेत्र मैत्री हुने बताए ।


संसद् बैठकमा उनले कृषि उत्पादन वृद्धि गर्न मल, बिउ तालिम जस्ता विषयमा प्राथमिकता दिने, कृषि उपजको बजार सिर्जना गर्ने, वैदेशिक लगानी प्रवद्र्धन गर्ने, राष्ट्रिय गौरवका आयोजनाको निर्माण, सडक पूर्वाधारको स्तरोन्नति गरी यात्रा समय घटाउने, भौतिक पूर्वाधारको नियमित निर्माण तथा सुधार गर्ने, विद्युत खपत बढाउने लगायतका विषय बजेटमा प्राथमिकतामा पर्ने बताए ।​


Author

थप समाचार
x