अर्थ / बाणिज्य

सिंगटी हाइड्रोको आइपीओ बाँडफाँट

इकागज |
चैत २७, २०७७ शुक्रबार १६:२८ बजे

काठमाडौँ : सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण (आइपीओ) बाँडफाँट भएको छ । शुक्रबार बिक्री प्रबन्‍धक मेगा क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो ।कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुलाएको थियो । १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको छ । १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामार्फत सेयर बाँडफाँट भएको छ ।

दुई लाख ६९ हजार ७०० लगानीकर्ताले मात्र १० कित्ताका दरले सेयर पाए । आवेदन दिएकामध्ये १२ लाख ९५ हजार ८३० आवेदक हात खाली भएका छन् ।२९ लाख कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको मध्ये दुई प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र पाँच प्रतिशत अर्थात् एक लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।


यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट २२ करोड रुपैयाँ हुने प्रक्षेपण छ ।


Author

थप समाचार
x