अर्थ / बाणिज्य

नक्कली खाताको स्पष्ट जानकारी दिए अझै ट्वीटर किन्‍न सक्छु: मस्क

इकागज |
साउन २१, २०७९ शनिबार १६:२१ बजे

फाइल फोटो

काठमाडौँ - विश्व धनाढ्य एलन मस्कले सामाजिक ट्वीटरको बारेमा फेरि प्रश्न उठाएका छन् । मस्कले ट्वीटरले आफ्ना नक्कली खाताका बारेमा स्पष्ट जानकारी दिएमा  आफू अझै ट्वीटर किन्ने कुरामा कायम रहेको बताएका छन् । उनले एक सय खाताको नमूना संकलन गर्ने विधि उपलब्ध गराए र त्यसको यथार्थ पहिचान गरेको बताएका पुरानो सर्तअनुसार कम्पनी किन्न तयार रहेको बताएका हुन् ।

मस्कले ट्वीटरको अमेरिकी धितोपत्र बोर्डमा तथ्यांक गलत छ भने सम्झौता अगाडि बढ्नु नहुने बताएका छन् । एक ट्विटर प्रयोगकर्ताले मस्कलाई युएस एसइसीले कम्पनीको शंकास्पद दावीको अनुसन्धान गरिरहेको छ कि भनी सोधेको प्रश्नको जवाफमा उनले भने यो राम्रो प्रश्न भन्दै छानबिन किन हुदैन रु भनेर प्रश्न गरेका छन् ।


यता ट्विटरले मस्कको दावीलाई अस्वीकार गरिरहेको छ र मस्कले सम्झौता अनुसार कम्पनी किन्न पछि हटेको भन्दै कानुनी उपचारमा अगाडी बढेको छ । ट्विटरले मस्कको भनाइ अविश्वसनीय र तथ्यभन्दा बाहिर रहेको बताउँदै आएको छ ।


Author

थप समाचार
x