अर्थ / बाणिज्य

प्रधानमन्त्रीले सुनाए सरकारका दैनन्दिनका उपलब्धि

भन्छन्, ‘आर्थिक वृद्धिदर ऋणात्मक भएन’

इकागज |
बैशाख १, २०७८ बुधबार ८:४१ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीजस्तो विषम परिस्थितिमा मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक नभएको बताएका छन् । तर केन्द्रिय तथ्यांक विभागले गत आर्थिक वर्ष २०७६–७७ मा आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको उल्लेख गरेको छ । 

प्रधानमन्त्रीले २०७७ साल महामारी र राजनीतिक अस्वस्थता देखापरेपनि उपलपब्धिको वर्ष भएको बताए । कम क्षतिमा कोभिड–१९ कात्तिकदेखि क्रमशः नियन्त्रणमा आएको भन्दै प्रधानमन्त्रीले चैतदेखि पुनः संक्रमण बढ्न लागेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरे । नागरिक सचेत भएर स्वास्थ्य सुरक्षा र सतर्कता पालन गरे सरकार लकडाउन गर्ने पक्षमा नरहेको उनले प्रष्ट पारे । तर परिस्थिति बिग्रियो भने लकडाउन गर्नुपर्नेसम्मको अवस्था आउनसक्नेमा आफूले आम जनतालाई सजग गराएको बताए । 


उनले मेलम्ची ल्याउनु ठूलो उपलब्धि कएको बताए । ‘मेलम्चीको पानी दशकौंपछि काठमाडौंका धारामा झार्न सफल भयौं । पुनर्निर्माण र नयाँ निर्माणका काम पुरा गरेका छौं,’ उनले भने, ‘असाधरण महत्वका थुप्रै दूरगामी आयोजना अघि बढाएका छौं ।’ 

उनले मेलम्ची खानेपानी आयोजना सम्पन्न भएकोमा आफू जस लिने होडबाजीमा नरहेको बताए । उनले वर्तमान सरकारले कोसी, कर्णाली र कालीगण्डकी करिडोरको काम तीव्र भएको, राष्ट्रिय महत्वका सडक चौडा बनाइएको, नयाँ विमानस्थल निर्माणका साथै कतिपय विमानस्थल रातीमा पनि सञ्चालन गर्न सकिने बनाएको प्रधानमन्त्रीको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले प्रतिदिन साढे ५ किमी बाटो बनिरहेको । हरेक दिन १२ ओटा आवास निर्माूण भएको र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असाधरण काम गरेको बताए । प्रधानमन्त्रीका अनुसार हरेक दिन एउटा झोलुंगे पुल हरेक दोस्रो दिन एउटा सडक पुल, हरेक तेश्रो दिन एउटा ग्रामीण सडक पुल निर्माण भइरहेको छ । 
प्रधानमन्त्रीले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता बढाउने बताए । नेकपा एमालेको पहिलो सरकारले २०५१ सालमा मासिक १०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता, आफूले बढाएर अहिले दिनको १०० रुपैयाँ पु¥याएको र अझै बढाउने बताए । अहिले  ३० लाख ६० हजारले प्राप्त गर्छन् । प्रधानमन्त्रीले पछिल्लो एक वर्षमा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ५ लाख थपिएको बताए । 

उनले फाटो र दूरी हटाएर एकता कायम गर्ने ध्यानमा सरकार रहेको भन्दै सम्पूर्ण सामथ्र्य र शक्ति देश विकासमा केन्द्रित गर्नुपर्ने बताए । प्रधानमन्त्रीले २०७७ सालमा राजनीतिक हिसाबले पृथकतावादलाई अन्त्य गर्दै राष्ट्रिय एकतातर्फ अघि बढेको उल्लेख गरे । ‘यस वर्ष हिंसाको बाटो लिइरहेको एउटा समूहलाई शान्तिपूर्ण मूलधारमा फर्काउन सफल भएका छौं । राजनीतिक अभीष्ट शान्तिपूर्ण र संवैधानिक बाटोबाट प्राप्त गर्न सकिन्छ,’ उनले भने  ‘जनताको अभिमत नै राजनीतिकको निर्धारक तत्व हो । यससन्दर्भमा हामीले ठूला सफलताहरू प्राप्त गरेका छौं ।’
 


Author

थप समाचार
x