अर्थ / बाणिज्य

विदेशी माछा अवैध प्रवेश गराएकोमा संघकाे आपत्ति

इकागज |
असोज १०, २०७९ सोमबार १८:५० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल मत्स्य व्यवसायी संघले नेपालमा विदेशी माछा अवैध प्रवेश गराएकोमा आपत्ति जनाएको छ ।

संघले भन्सार छलेर र अस्वस्थ माछा नेपाल भित्र्याउँदा नेपाली किसानहरू मारमा पर्ने भन्दै यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर भारतबाट दैनिक ३० देखि ४० टन माछा भित्रि रहेकोमा १ टन माछाको मात्र भन्सार राजश्व दाखिला भएको जानकारी दिइएको हो ।


पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले भन्सार छलेर र अस्वस्थ माछा प्रवेश गराएर नेपाली किसानहरू मारमा परेको बताए । उनले चोरी र अवैध माछा प्रवेश नियन्त्रण गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए ।

संघको तथ्याङ्कअनुसार नेपालभरी दैनिक ११० टनले वार्षिक १२ अर्बको माछा खपत भइरहेको छ भने नेपाली उत्पादन झण्डै ९ अर्ब ७६ करोडले करिब ८१% उत्पादन पुगिसकेको छ ।


Author

थप समाचार
x