अर्थ / बाणिज्य

नेप्से १२ अंकले घट्दा पाँच कम्पनीको सेयर भाउमा उछाल

इकागज |
बैशाख २०, २०७८ सोमबार १५:२९ बजे

काठमाडौं : सोमबार सेयर बजार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ दशमलव ३५ अंकले घटेको छ ।  ०.४६ प्रतिशतले घटेर नेप्से २६५२.७५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा झिनो गिरावट आए पनि पाँच कम्पनीको सेयर मूल्यमा भने उछाल आएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त र विशाल बजार कम्पनीको सेयर मूल्यमा ९.९९ प्रतिशतको वृद्धि भएको छ ।

महिला लघुवित्त, ङादी ग्रुप पावर र सिंगटी हाइड्रो पावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये माइक्रोफाइनान्स र लगानी समूहको परिसूचकमा वृद्धि भएको छ ।

सोमबार ७ अर्ब ५२ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ८८ हजार ४८३ पटकको कारोबारमा १ करोड ५९ लाख कित्ता सेयर किनबेच भएको छ । अपि पावर कम्पनीको ३९ करोड ३५ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २९ करोड रुपैयाँ सेयर किनबेच भएको छ ।



Author

थप समाचार
x