अर्थ / बाणिज्य

कारोबारमा आएको १ घन्टा नबित्दै समताको सेयरमा सर्किट ब्रेकर

इकागज |
बैशाख २१, २०७८ मंगलबार ११:५४ बजे

काठमाडौं : समता लघुवित्त वित्तीय संस्थाको रोक्का राखेको सेयर फुकुवा भएको छ । फुकुवा भएर कारोबारमा आएको १ घन्टा नबित्दै समताको सेयर भाउ बढेर सर्किट ब्रेकर लागेको छ ।
 
समता लघुवित्तको सेयर मूल्य ५५ रुपैयाँले बढेर ६०५ रुपैयाँ प्रति कित्ता पुगेको छ । समता र घरेलु लघुवित्त वित्तीय संस्था एकआपसमा १:०.८ को अनपातमा गाभिएको छ । त्यसपछि लघुवित्तको सेयर कारोबार रोकिएको थियो।

कारोबार खुलेको पहिलो दिन समताको खरिद चाप बढेको छ । ५ लाख ९३ हजार ७३२ कित्ता सेयर खरिदका लागि माग भएको थियो । तर, बिक्री गर्ने कोही नभएपछि सेयर भाउमा सर्किट ब्रेकर लागेको छ ।



Author

थप समाचार
x