अर्थ / बाणिज्य

खोप खरिद प्रकरण

सरकारी खरिद भाँड्ने हुकमलाई नै खोप ल्याएर बेच्‍न अनुमति

इकागज |
बैशाख २४, २०७८ शुक्रबार १२:१३ बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सिरम इन्स्टिच्यूटसँग खरिद गर्न लागेको कोभिड-१९ विरुद्धको खोप आपूर्ति भाँडेको भनी स्वास्थ्य मन्त्रीले पहिचान गरेका कमिसन एजेन्ट हुकम डिस्ट्रिब्यूटर्स एण्ड लजिस्टिक्सलाई नै मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले खोप ल्याएर बेच्न अनुमति दिएको छ ।

विभागका सूचना अधिकारी सन्तोष केसीले भारतमा कोभिड–१९ प्रतिरोधात्मक खोप उत्पादन गरिरहेका सिरम इन्स्टिच्यूट र भारत बायोटेकका खोप ल्याएर बेच्न अनुमति प्रदान गरिएको बताए । नयाँ पत्रिकाले प्रकाशन गरेको समाचार अनुसार सिरमले उत्पादन गरेको अष्ट्राजेनिका, कोभिशील्ड खोप प्रतिडोज १,७०९ रुपैयाँ र भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनलाई २,६०० रुपैयाँमा खरिद गरेर बेच्न अनुमति दिएको हो । 


सरकारले ४७२ रुपैयाँ प्रतिडोजमा किनेर नागरिकलाई निःशुल्क वितरण गरेको खोप हुकमले साढे तीन गुणा महँगोमा बेच्न अनुमति पाएको हो । सरकारले सिरमसँग अघि बढाएको ५० लाख डोज खोप किन्ने प्रक्रिया रोकाउने र सम्झौता भैसकेको १० लाख डोज खोप समेत रोकेको भनेर स्वास्थ्य मन्त्रीले किटेका कमिसन एजेन्टलाई नै सरकारले खोप आयात गरी नेपाली बजारमा बेच्न अनुमति दिएको हो । यसअघि सरकारले २० प्रतिशत नागरिकलाई निःशुल्क खोप वितरण गरिसकेपछि मात्र निजी क्षेत्रका लागि आयात अनुमति दिने बताएको थियो । 

याे पनि : 


Author

थप समाचार
x