अर्थ / बाणिज्य

नेप्से र कारोबारमा ऐतिहासिक रेकर्ड

२८०० नाघ्यो सेयर बजार, १६ कम्पनीको सेयर मूल्यमा उछाल

इकागज |
जेठ ९, २०७८ आइतबार १६:५ बजे

काठमाडौँ : सेयर बजार मापन गर्ने नेप्से परिसूचक ऐतिहासिक उचाइमा पुगेको छ । ३२. ८१ अंकले बढेर नेप्से २८२० बिन्दुमा पुगेको हो । २८०० भन्दा माथि पुगेको यो पहिलोपटक हो ।

होटल तथा पर्यटन समूह, निर्जीवन बीमा समूह र माइक्रोफाइनान्सबाहेक सबै समूहका परिसूचक बढेका छन् । सबैभन्दा ठूलो वृद्धि विकास बैंक समूहमा देखिएको छ । सात दशमलव ५४ प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ ।

महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स कम्पनी, गुडवील फाइनान्स कम्पनी र सप्तकोशी विकास बैंको सेयर मूल्यमा उछाल देखिएको छ ।

कारोबार रकम ११ अर्ब ६९ करोड ५० लाख रुपैयाँ पुगेको छ । कारोबारमा समेत नयाँ रेकर्ड कायम भएको छ । एक लाख २६ हजार एक सय २४ पटकको कारोबारमा दुई करोड ५१ लाख ६३ हजार ६ सय ६० कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । ४१ करोड ८६ लाख रुपैयाँ बराबर किनबेच भएको यो कम्पनीको सेयर मूल्य एक हजार ६ सय ७८ रुपैयाँ कायम भएको छ ।



Author

थप समाचार
x