अर्थ / बाणिज्य

रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक

इकागज |
असोज ८, २०८० सोमबार १२:५९ बजे

काठमाडौँ – स्मार्टफोन ब्राण्ड रियलमीले शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दै सोही अवसरमा आफ्ना दुई नयाँँ मोडलहरू रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक गरेको छ ।


नेपाली युवा पुस्तामाझ लोकप्रिय गायकहरू भेक, यावेश र आकाश खड्काको लाइभ प्रस्तुति रहेको उक्त फ्यान फेस्टमा दर्शकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रस्तुतिमा सहभागि युवायुवतीहरूले भेक र यावेशको प्रस्तुतिमा नाच्दै–गाउँदै भरपुर मनोरञ्जन लिएका थिए ।

आफुलाई मन पर्ने गायकहरूको प्रस्तुतिमा रमाउन पाएका हजारौंँ दर्शकहरूको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो ।

उक्त अवसरमा बोल्दै रियलमी नेपालका कन्ट्री जनरल म्यानेजर मुनिश गिरीले रियलमी कम्युनिटीको उत्साहजनक सहभागिताले हर्षविभोर भएको बताए । 

उनले यो नयाँँ मोडल लन्च गर्ने प्ल्याटफर्म मात्र नभएर आफ्नाे कम्युनिटी,इनोभेसन र फ्युचरलाई सेलिब्रेट गर्ने अवसर भएकाे बताए ।  


Author

थप समाचार
x