अर्थ / बाणिज्य

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्धारा सम्मान प्रदान

इकागज |
मंसिर १८, २०८० सोमबार १६:३५ बजे

काठमाडौँ –मंसिर १७ गते अपाङ्गता भएका व्यत्तिहरूको ३२औं अन्तराष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्वारा सम्मान गरिएको छ ।

उक्त सम्मान, कार्यक्रमका प्रमुख अतिथि, सहरी विकास मन्त्री सिता गुरुङद्वारा हस्तान्तरण गरिएको थियो ।


गत वैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख रुपैयाँ सहयोग गरेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरि वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरूलाई सेवा पुर्याउने उद्देश्यले राष्ट्रिय अपाङ्ग कोषलाई उक्त रकम सहयोग गरेको थियो ।

राष्ट्रिय अपाङ्ग कोषले वार्षिक १५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समाजमा सकारात्मक परिवर्तन ल्याउने हेतुले सामाजिक उत्तरदायित्त्व अन्तर्गत थुप्रै संघ संस्थाहरूलाई सहयोग प्रदान गर्दै आइरहेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्ष देखि संसारभरबाट विप्रेषणको सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।


Author

थप समाचार
x