अर्थ / बाणिज्य

उडान टिकट खरिदमा 'नमस्ते पे' काे १०० रुपैयाँ क्यासब्याक

इकागज |
मंसिर १८, २०८० सोमबार १६:५३ बजे

काठमाडौँ- 'नमस्ते पे' मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यले 'नमस्ते पे' ले नयाँ अभियान सुरु गरेको छ । यो अभियान मङसिर १५  देखि पुस १४ गतेसम्म चल्ने छ ।

'नमस्ते पे' मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।


उडानकर्ताहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुपर्दैन । क्यासब्याक प्रति टिकट मान्य छ जसको अर्थ यात्रुले जति धेरै टिकट खरिद गर्नेछन्, उति नै बढी क्यासब्याक प्राप्त गर्नेछन् ।

'नमस्ते पे' प्रयोगकर्ताहरूले 'नमस्ते पे' वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बूकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्छन् ।

'नमस्ते पे' नगद रहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।


Author

थप समाचार
x