अर्थ / बाणिज्य

'हल्ट प्राइज एट आइओई २०२४ : पुल्चोक क्याम्पसमा अन्तर्दृष्टि भरिएको अभिमुखीकरण'

इकागज |
मंसिर २९, २०८० शुक्रबार २१:३५ बजे

काठमाडौँ- हल्ट पुरस्कारले यस वर्ष पनि २२ मंसिरमा सहभागीहरूलाई प्रतिस्पर्धामा भाग लिन आव्हान गरेकाे छ । 

हल्ट पुरस्कारमा किन सहभागी हुने भन्ने प्रश्नलाई मध्यनजर राखेर यो कार्यक्रम आयोजना गरिएको थियो । यो एउटा मान्यता प्राप्त, वार्षिक र दीर्घकालीन प्रतियोगिता हो जसले विश्वविद्यालयका विद्यार्थीहरूलाई सामाजिक समस्या समाधानका लागि प्रेरित गर्दछ र १ मिलियन डलरको पुरस्कार प्रदान गर्दछ ।


गत शुक्रबार दिउँसो २ बजेदेखि दर्ता सुरु भएसँगै करिब १ घण्टामा हल भरिएको थियो । कार्यक्रमको सुरुवात प्रस्तोताद्वारा पोडियममा श्री गणेशबाट गरियो । त्यसपछि स्वागत र अभिमुखीकरणको क्रममा विभिन्न पाहुनाहरूले आ-आफ्नो क्षेत्रबाट प्रेरणादायी वक्तव्य राखे । 

कार्यक्रममा क्याम्पस डिरेक्टर आदित्य पाण्डेको सुरुवाती भाषण, स्टार्टअप संयोजक रुबिका बस्यालबाट हल्ट पुरस्कारको परिचय र यस वर्षको विषय "अनलिमिटेड" को बारेमा जानकारी दिइयो । गत वर्षका विजेताहरूको यात्रा र पंजीकरण प्रक्रियाको विषयमा पनि चर्चा भयो ।

पाहुनाको स्वागतका साथ अभिमुखीकरण प्रारम्भ गरियो । एसोस. प्रा. डा. इन्द्र प्रसाद आचार्य, स्ववियु सभापति विराज अर्याल, प्रा. अरुण तिमल्सिना, राष्ट्र वित्त समितिका अधक्ष्य सन्तोष चालिसे, लक्ष्मी सनराइज बैंकको मानव स्रोत डोमेनका प्रा. साश्वत कार्की उपस्थित थिए ।

प्रा. अरुण तिमल्सिनाले क्याम्पसमा प्राप्त हुने यो अवसरको पूर्ण उपयोग गर्नुपर्ने र आत्मविश्वाससाथ प्रत्येक कार्यक्रममा सहभागी हुनुपर्नेमा जोड दिए । परिचय तथा नेटवर्किंग बढाउनुको महत्त्वबारे उल्लेख गर्दै सबैलाई प्रेरणा र शुभकामना व्यक्त गर्दै आफ्नो भाषण समाप्त गरे ।

साश्वत कार्कीले केही प्रश्नहरू गर्दै आफ्नो भाषणको सुरुवात गरे । आफूलाई "मेरो अस्तित्वको कारण के हो?" भन्ने प्रश्न निरन्तर सोध्नुपर्नेमा जोड दिँदै संसारमा साझेदारीको आवश्यकतातिर सबैको ध्यानाकर्षण गराए । साना कदम चाल्दै आफू सक्षम बनी सम्पूर्ण नेपाललाई विकासतर्फ अगाडि बढाउन प्रेरित गरे ।

सहभागीहरूको प्रेरणादायी भाषणसँगै यस पटकको विषयवस्तु "अनलिमिटेड" माथि छलफल भएको थियो । सहभागीहरूका प्रश्नको जवाफसमेत दिइएकाले कसै पनि निराश फर्किएनन् ।

घटनाक्रम वर्णन गर्दै, हामीले "हल्ट पुरस्कार किन?" जस्ता सहभागीहरूका प्रश्नहरूको जवाफ क्याम्पस निर्देशकबाटै प्राप्त गर्दै दीर्घकालीन विकास लक्ष्यहरूको व्याख्या पनि गरिएको थियो । कार्यशाला र मार्गनिर्देशन सूत्रहरूका बारेमा विवरण समेत प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्त्यतिर पूर्व विजेताहरूले मेलबोर्न प्रतिस्पर्धा र आफ्ना सफ्टवेयर डिजाइनका बारेमा जानकारी दिँदै मेन्टरिङको महत्वमाथि प्रकाश पारे ।  

अन्त्यमा, अभिमुखीकरण कार्यक्रमलाई सहभागीहरूले प्रस्तुत गरेको कलात्मक कार्यक्रमले झन् उत्साहववर्द्धन गरायो । आयोजकहरूको प्रयासबाट दर्शकहरू प्रभावित थिए । हल्ट नेपाल समुदायको सहयोगले गर्दा यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । मूलतः यो अभिमुखीकरण कार्यक्रम निकै सफल रह्यो ।


 


Author

थप समाचार
x