अर्थ / बाणिज्य

पर्साबाट झण्डै १० लाख रुपैयाँ बराबरको सामान बरामद

इकागज |
चैत २०, २०८० मंगलबार १०:१ बजे

काठमाडौँ- पर्सा जिल्लाको विभिन्न स्थानबाट चैत १९ गते सशस्त्र प्रहरीले ९ लाख ९६ हजार ७ सय २० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ । भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याई गाडिमा लोड गर्ने क्रममा पर्साको वीरगञ्‍ज महानगरपालिका–७ रेल्वे रोडबाट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्‍ज पर्साले कागजात तथा प्रज्ञापन पत्र नभएको ८ लाख ४० हजार रुपैयाँ बराबरको लत्ताकपडा, जुत्ता र किराना सामान बरामद गरेको छ ।

यसैगरी वीरगञ्‍ज महानगरपालिका–१६ भन्सार मेनगेट नजिकबाट भारतबाट बिभिन्न सवारी साधनमा लोड गरि नेपालतर्फ ल्याउँदै गरेको १ लाख २२ हजार ७ सय २० रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए । बरामद सामान वीरगञ्‍ज भन्सार कार्यालयमा बुझाइएको छ ।



Author

थप समाचार
x