अर्थ / बाणिज्य

दुई फाइनान्स र एक डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेर सर्किट ब्रेकर

इकागज |
जेठ ३०, २०७८ आइतबार १४:३५ बजे

काठमाडौँ : आइतबार तीन वित्तीय संस्थाको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसिएफसी फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको हो ।

श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्य प्रति कित्ता ५० रुपैयाँले बढेर पाँच सय ५० रुपैयाँ कायम भएको छ । आइसिएफसी फाइनान्सको सेयर मूल्य प्रति कित्ता ६२ रुपैयाँले बढेर ६ सय ८२ रुपैयाँमा रोकिएको छ । कर्णाली विकास बैंकमा ३६ रुपैयाँले वृद्धि भएर सेयर मूल्य तीन सय ९६ रुपैयाँमा कारोबार भएको थियो ।


दुई बजे सेयर बजार नेप्से परिसूचक २३ दशमलव ९१ अंकले बढेर २९६८.६९ बिन्दुमा पुगेको छ । यसबीच १४ अर्ब रुपैयाँ बराबर सेयर कारोबार भएको छ । 


Author

थप समाचार
x