अर्थ / बाणिज्य

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

इकागज |
बैशाख ४, २०८१ मंगलबार ६:३० बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ २ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६६ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर ८६ रूपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ६६ पैसा र बिक्रीदर ८ रूपैयाँ ७० पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १८ रूपैयाँ ४९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ५६ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ ५१ पैसा रहेको छ ।


Author

थप समाचार
x