अर्थ / बाणिज्य

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

इकागज |
बैशाख १, २०८१ शनिबार ९:१२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७७ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ १२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर ८६ रूपैयाँ ८७ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ६९ पैसा र बिक्रीदर ८ रूपैयाँ ७३ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा र बिक्रीदर १८ रूपैयाँ ४८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ १३ पैसा रहेको छ ।


Author

थप समाचार
x