अर्थ / बाणिज्य

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

इकागज |
बैशाख १०, २०८१ सोमबार १०:५१ बजे

फाइल तस्बिर

काठमाडौँ - सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ हजार १०० रूपैयाँले घटेको छ । आज छापावाल सुन तोलाको १ लाख ३८ हजार २०० मा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५५० मा कारोबार भइरहेको छ । 

आइतबार छापावाल सुन १ लाख ३९ हजार ३०० र तेजावी सुनको तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । 


यता, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १ हजार ७०५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलाको १ हजार ७४० मा कारोबार भएको थियो । 


Author

थप समाचार
x