अर्थ / बाणिज्य

सुन तोलामा सात सयले बढ्यो

इकागज |
बैशाख ७, २०८१ शुक्रबार ११:११ बजे

फाइल तस्बिर

काठमाडौँ - सुनको मूल्य तोलामा सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ । तेजावी सुन १ लाख ३८ हजार ६५० मा कारोबार भएको छ ।

बिहीबार छापावाल सुन तोलामा १ लाख ३८ हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।


आज चाँदीको मूल्य भने घटेको छ । चाँदी १ हजार ७२० मा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७२५ मा कारोबार भएको थियो । 


Author

थप समाचार
x