अर्थ / बाणिज्य

बैंकिङमा आतंक मच्चाउने ह्याकरको मेल  : प्रापकको इमेलमा आएन तर भाइरल बन्यो

इकागज |
साउन ७, २०७८ बिहीबार १२:३४ बजे

काठमाडौँ : बुधबार साँझ बैंकिङ क्षेत्रमा आतंक मच्चाउने एउटा मेल भाइरल बन्यो । राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता र नबिल बैंकका सिइओको नाममा पठाइएको देखिने त्यो मेलमा ह्याकरले चेतावनी दिएको देखिन्छ । तर, अचम्म के भने यो मेल प्रापकको इमेलमा भने आएन । 

राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले आफूले त्यो इमेल प्राप्त नगरेको दाबी गरे । उनले भने, 'मेसेज अनुसार सम्बन्धित ठेगानामा इमेल नपुगेको देखिन्छ ।'

भाइरल भइसकेपछि र बिहान बैंकहरू खुल्नु अगाडी सबै बैंकहरूको सिस्टमबारे आफूले अपडेट लिएको पोखरेलले बताए । उनले भने, 'हामीले बैंकिङ कम्युनिटीलाई सतर्क गराइसकेका छौँ । हाम्रो आइटी विभागलाई पनि अनुसन्धान गर्न लगाएका छौँ ।'

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले प्रहरी साइबर अपराध ब्यूरोलाई टेलिफोनमार्फत जानकारी गराएको समेत बताए । उनले आवश्यकताअनुसार अनुसन्धानका लागि ब्यूरोलाई पत्राचार समेत गर्ने तयारी रहेको जानकारी दिए । 



Author

थप समाचार
x