अर्थ / बाणिज्य

यातायात व्यवसायीले प्रधानमन्त्रीलाई बुझाए गाडीको साँचो

इकागज |
साउन १०, २०७८ आइतबार १४:४३ बजे

काठमाडौँ - नेपाल सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न ७ बुँदे माग पूरा गर्नुपर्ने भन्दै सरकारसमक्ष ज्ञापनपत्र पेश गरेको छ । आइतबार माइतीघरबाट बबरमहलसम्म विरोध प्रदर्शन गर्दै महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सार्वजनिक सवारी-साधनको प्रतिकात्मक साँचो र ज्ञापनपत्र बुझाएको हो ।

यातायात क्षेत्रका कार्यरत मजदुर तथा व्यवसायीलाई कोभिडको भ्याक्सिन, वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, ट्याक्सीको मिटर 'फ्ल्याग डाउन' गरेर चलाउन दिनुपर्ने, मैद्रिक नीति यातयात व्यवसायी मैत्री हुनुपर्ने, २० वर्ष पुराना गाडीको म्याद थपलगायत महासंघको माग छन् । 


प्रदर्शनमा सहभागीहरुले राज्यले आफुलाई उपेक्षा गरेको आरोप लगाएका थिए । आफूहरुले पटक पटक आफ्ना मागका विषयमा सरकारको ध्यानाकर्षण गर्दा पनि कुनै सुनुवाइ नभएकाले बाध्य भएर आफूहरु आन्दोलित हुनुपरेको महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना महामारीको अवस्थामा पनि सार्वजनिक यातायात क्षेत्र खोलिएको बताए । उनले व्यवसायीको मागका विषयमा सम्बन्धित निकायमा छलफल गरिने पनि बताए । यसअघि महासंघले सरकारसँग राखेको ७ बुँदे माग पूरा गर्न बिहीबार विरोध स्वरुप सवारी साधानसहित र्‍याली निकालेका थिए ।  


Author

थप समाचार
x