अर्थ / बाणिज्य

सेयर बजारमा दुई दिनअघिको रेकर्ड तोडियो

इकागज |
साउन १२, २०७८ मंगलबार १५:५९ बजे

काठमाडौँ : सेयर बजार मापक नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको छ । दुई दिनअघि मात्रै रेकर्ड तोडेर उच्च बिन्दुमा पुगेको नेप्से फेरि नयाँ उचाइमा पुगेको हो । 

नेप्से २९.२४ अंकले बढेर ३०७९.६७ बिन्दुमा पुगेको छ । तर, कारोबारमा आएकामध्ये ६ समूहका परिसूचक कमजोर नै छन् । माइफ्रोफाइनान्स समूहको परिसूचकमा सबैभन्दा बढी ठूलो गिरावट आएको छ । 

म्यानुफ्याक्चरिङ समूहको परिसूचकमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ । यो समूहको परिसूचक चार दशमलव ७४ प्रतिशतले बढेको छ । जलविद्युत्‌, फाइनान्स र इन्भेष्टमेन्ट समूहको परिसूचकमा उच्च वृद्धि देखिएको छ । ६ कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । त्यसबाहेक आठ कम्पनीको सेयर मू‍ल्यमा नौ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ । 

१५ अर्ब १७ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको छ । एक लाख ४१ हजार ६ सय ५२ पटकको कारोबारमा तीन करोड २३ लाख कित्ता सेयर किनबेच भएको छ । बजार पुँजीकरण ४२ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।



Author

थप समाचार
x