अर्थ / बाणिज्य

दुई खर्ब १५ अर्ब बराबरको कृषिजन्य वस्तुको आयात रोक्ने अभियान सुरु गरेका छौँ : अर्थमन्त्री शर्मा

इकागज |
साउन १२, २०७८ मंगलबार १६:३४ बजे

फाइल फोटो

काठमाडौँ : सरकारले दुई खर्ब १५ अर्ब बराबरको कृषिजन्य वस्तुको आयात रोक्ने अभियान चलाउन सुरु गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । उनले नेपाल उद्योग परिसंघको कार्यक्रममा बोल्दै यस्तो जानकारी दिएका हुन् । 

मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने सरकारको सोंच कार्यान्वयनको लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्यातमुखी अर्थतन्त्रको विकास गर्न उत्पादित वस्तुको गुणस्तर र मूल्यको सन्तुलन कायम हुनुपर्नेमा जोड दिए । 

अर्थमन्त्री शर्माले कोभिड महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिने गरी राहत तथा पुनस्थापनासहितको प्याकेज ल्याउने तयारी भइरहेको जानकारी समेत दिए । 
 



Author

थप समाचार
x