अर्थ / बाणिज्य

साउन २७ बाट मानुषी लघुवित्तको आइपिओ खुल्ने

इकागज |
साउन १३, २०७८ बुधबार ११:१८ बजे

काठमाडौँ : साउन २७ गते मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) निष्काशन हुने भएको छ । तीन लाख ६८ हजार पाँच सय ९३ कित्ता सर्वसाधारणका लागि आइपिओ खोल्न लागेको हो । 

नेपाल धितोपत्र बोर्डले गत असार ३१ मा आइपिओ निष्काशनका लागि अनुमति दिएको थियो । आर्थिक वर्ष २०७७/७८ मा प्रति सेयर आम्दानी १०.०२ रुपैयाँ पुग्ने प्रक्षेपण छ । यसको प्रति सेयर नेटवर्थ एक सय ३०.९८ रुपैयाँ पुग्ने आकलन छ । 

धितोपत्र निष्काशन साउन ३१ सम्म खुल्ला रहनेछ । ढिलोमा भदौ ५ सम्म पुर्‍याउन सकिने उल्लेख छ ।



Author

थप समाचार
x