अर्थ / बाणिज्य

११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

इकागज |
साउन १७, २०७८ आइतबार १५:४३ बजे

काठमाडौँ - ११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमध्ये पाँच कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर नै लागेको छ । घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर र युनिभर्सल  पावर कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको हो ।

जीवन विकास लघुवित्त, ङादी ग्रुप पावर, एभरेष्ट इन्स्योरेन्स कम्पनी, सिइबिडी हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल र रैराङ हाइड्रोपावरको सेयर भाउमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको हो । 


नेप्से परिसूचक भने एक दशमलव २५ अंकले बढेर ३०८१.०५ बिन्दुमा पुगेको छ । 

कारोबारमा आएका १३ समूहमध्ये सात समूहका परिसूचक कमजोर छन् । सबैभन्दा ठूलो वृद्धि जलविद्युत्‌ समूहमा देखिएको छ । १२ अर्ब १० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख १७ हजार चार सय ९० पटकको कारोबारमा तीन करोड कित्ता सेयर किनबेच भएको छ । 


Author

थप समाचार
x