अर्थ / बाणिज्य

सेयर बजारमा नयाँ रेकर्ड : ३१२३.१४ बिन्दुमा पुग्यो नेप्से

११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

इकागज |
साउन २०, २०७८ बुधबार १६:३३ बजे

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक नयाँ उचाइमा पुगेको छ । १२.०५ अंकले बढेर नेप्से ३१२३.१४ बिन्दुमा पुगेको हो । कारोबारमा आएकामध्ये ६ समूहका परिसूचक वृद्धि हुँदा नेप्से नयाँ उचाइमा पुग्न सफल भएको हो । सबैभन्दा बढी जलविद्युत्‌ समूहको परिसूचकमा वृद्धि भएको छ ।

जलविद्युत्‌ समूहको परिसूचक पाँच दशमलव ८१ प्रतिशतले बढेको छ । ११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमा सात कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर नै लागेको छ । खानीखोला जलविद्युत्‌, दिव्यश्वरी जलविद्युत्‌, कालिका पावर कम्पनी, अपी पावर कम्पनी, अपर तामाकोशी, युनियन लाइफ इन्स्योरेन्स र घलेम्दी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । 

१५ अर्ब ५९ करोड रुपैयाँ कुल सेयर कारोबार भएको छ । एक लाख ४४ हजार आठ सय ८७ पटकको कारोबारमा दुई करोड ८८ लाख १३ हजार आठ सय ३१ कित्ता सेयर किनबेच भएको छ । अपी पावर कम्पनीको ७९ करोड रुपैयाँभन्दा बढी कारोबार भएको छ । 



Author

थप समाचार
x