अर्थ / बाणिज्य

इलाममा इस्कुसको भाउ घट्यो

इकागज |
भदौ ७, २०७८ सोमबार २०:२१ बजे

काठमाडौँ – केही वर्षअघिसम्म गाउँमा त्यसै खेर जाने इस्कुसले बजार पाउन थालेपछि इलामका किसान उत्साहित बनेका छन् । वर्खाको सिजनमा फल्ने इस्कुसले इलाम बजार, झापा, काठमाडौं र भारतमासमेत बजार पाउने भएसँगै किसान खुसी भएका हुन् । 

इलामका सबैजसो गाउँमा सजिलै फल्ने तरकारी हो इस्कुस । तर निषेधाज्ञाका कारण यो वर्ष इस्कुसको भाउ घटेको किसानहरूले बताएका छन् । ‘अघिल्लो वर्ष यो सिजनमा किसानले बारीमै प्रतिकट्टा (चालिस किलो) बराबर एक हजार रूपैयाँसम्मले बिक्री गरेको इस्कुस यो वर्ष भने २ सय ५० देखि ३ सय रूपैयाँले बिक्री गर्नु परेको छ,’ सुर्योदय नगरपालिकाका गगन घिमिरेले जानकारी दिए ।
 



Author

थप समाचार
x