अर्थ / बाणिज्य

साताको अन्तिम कारोबारमा नेप्से स्थिर

इकागज |
भदौ २४, २०७८ बिहीबार १५:४० बजे

काठमाडौँ - साताको कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक स्थिर देखिएको छ । ०.६२ अंकको सामान्य दरमा नेप्से परिसूचक २८७५.९७ बिन्दुमा पुगेको छ । 

कारोबारमा आएकामध्ये चार समूहका परिसूचक बढ्दा नेप्सेमा सामान्य अंकको मात्रै गिरावट आएको हो । हिमालयन पावर पार्टनर, सानिमा लाइफ इन्स्योरेन्स, ग्लोबल आइएमइ प्रोमोटर सेयर र रैराङ हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । 


सात अर्ब पाँच करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ७२ हजार आठ सय ५८ पटकको किनबेचमा एक करोड ४४ लाख कित्ता सेयर किनबेच भएको छ । ४० खर्ब २४ करोड रुपैयाँ बराबर बजार पुँजीकरण पुगेको छ ।


Author

थप समाचार
x