अर्थ / बाणिज्य

काठमाडौँमा सुपथ मूल्य पसल सञ्चालन

इकागज |
असोज १, २०७८ शुक्रबार १५:५१ बजे

फोटो : अनुज बज्राचार्य

काठमाडौँ - सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकाका ६ स्थान सहित देशका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।

आजदेखि सञ्चालन गरिएको सो पसल आगामी कात्तिक २४ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ । यसअघि नै सञ्चालनमा रहेका बिक्री काउन्टरमा नै ती पसल सञ्चालन गरिएको जनाइएको छ ।


उपभोक्ताले नून प्रतिकिला १८ रुपैयाँ, चिनी प्रतिकिलो ७९ रुपैयाँमा र अन्य खाद्यान्न प्रतिकिलो पाँचदेखि दश रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले उपत्यकाभित्र कालीमाटीमा दुई स्थान, कोटेश्वर, सतुङ्गल, जावलाखेल, भक्तपुरका बिक्री कक्षसँगै दैनिक तीन मोबाइल भ्यानबाट घुम्ती सेवासहित देशभर करिब ३२ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको जनाइएको छ । पसल बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने  छ । 

सरकारले यो वर्ष चाडर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि तीन करोड छुट्याएको छ । दशैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई सुपथ पसल सञ्चालन गरेर सहुलियत दिनका लागि रु तीन करोड २५ लाख छुट्याएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । 


Author

थप समाचार
x