विश्व

क्रुट्रिम एआईले सुरु गर्‍यो स्ट्यान्डअलोन मोबाइल एप

इकागज |
बैशाख २३, २०८१ आइतबार १४:५४ बजे

काठमाडौँ- आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप क्रुट्रिम एआईले स्ट्यान्डअलोन मोबाइल एप सुरु गरेको छ ।

भारतीय उद्यमी भाविश अग्रवालको एआई स्टार्टअप क्रुट्रिम एआईले ओपनएआई र माइक्रोसफ्टको झै स्ट्यान्डअलोन मोबाइल एप ल्याएको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।


क्रुट्रिम एआई असिसटेन्टका लागि मोबाइल एप ल्याइएको बताइएको छ ।

क्रुट्रिम एआईले डेभलपर्स र स्टार्टअपले प्रयोग गर्न पाउने जीपीयू जस्तै सर्भिस मोडेल पनि ल्याएको छ ।

अग्रवालका अनुसार क्रुट्रिम क्लाउडले आफ्नो एआई पूर्वाधारमा यो जीपीयू जस्तै सर्भिस मोडेल मोडेल प्रदान गर्नेछ जसले उद्यम र डेभलपर्सलाई तालिम दिन र तिनीहरूको मोडेलहरू राम्रो बनाउन अनुमति दिनेछ ।


Author

थप समाचार
x