अर्थ / बाणिज्य

६ सय चिनियाँ ब्राण्डमा अमेजनको प्रतिबन्ध

इकागज |
असोज ३, २०७८ आइतबार १६:११ बजे

फाइल फोटो

काठमाडौं - ठगी गरेको भन्दै ६ सय चिनियाँ ब्राण्डहरुलाई अमेजनले प्रतिबन्ध लगाएको छ । यसमा करिब ३ हजार विक्री अकाउन्टहरु समावेश गरिएका छन् । फेक रिभ्यु तथा ग्राहक ठगी गरेको भन्दै प्रतिबन्ध गरिएको अमेजनलाई उद्धृत गर्दै 'द भर्ज'ले जनाएको छ ।

चिनियाँ ब्राण्डहरुले पटकपटक जानीबुझी प्रतिबन्ध नीति समीक्षाको उल्ल्घंन गरिरहेकाले केहि कम्पनीहरुलाई प्रतिबन्ध लगाएको अमेजनलाई उद्धृत गर्दै द भर्जले जनाएको छ । आफ्ना प्रडक्टहरूमा मिथ्या समिक्षा गर्न लगाएको आरोप लगाइएको छ ।  


अमेजनले केहि समयअघि देखिनै मिथ्या समिक्षा भएको प्रडक्टहरूलाई कारबाही गर्दै आएको थियो । केहि चिनियाँ ब्राण्डले मिथ्या समिक्षा गर्नको लागि विभिन्न पुरस्कारको व्यवस्था गर्ने गरेका थिए । अमेजनले एकैपटक ६ सय ब्राण्डमाथी कारबाही गरेपछि सबैको ध्यानाकर्षित भएकाे छ । 


Author

थप समाचार
x