अर्थ / बाणिज्य

सानिमा बैंकले १७.८९ प्रतिशत लाभांश दिने

इकागज |
असोज ७, २०७८ बिहीबार १४:२७ बजे

काठमाडौँ - सानिमा ब‌ैंकले आफ्ना सेयरधनीहरूलाई चुक्त पुँजीको १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । असोज ६ मा बसेको सञ्‍चालक समितिले यस्तो प्रस्ताव गरेको हो । 

जसमध्ये ०.८९ प्रतिशत नगद लाभांश र १७ प्रतिशत बोनस सेयर दिने भएको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि यो लाभांश वार्षिक साधारणसभाबाट पारित गर्दै वितरण गर्नेछ । बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ पुगेको छ ।



Author

थप समाचार
x