अर्थ / बाणिज्य

नेपाल टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिमकार्ड प्रदान गर्ने

इकागज |
असोज १४, २०७८ बिहीबार १७:३२ बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिमकार्ड प्रदान गर्ने भएको छ । असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षमाथिका नागरिकहरूलाई निःशुल्क रुपमा प्रदान गरिने टेलिकमले जनाएको छ ।

सिममा १० रुपैयाँ ब्यालेन्स, ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।


नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट ज्येष्ठ नागरिकहरुले निःशुल्क सिमकार्ड लिन सक्नेछन् । सिमकार्ड प्राप्त गर्नका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्रको प्रतिलिपी संलग्न गर्नुपर्नेछ ।

नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकहरुलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले आदरणीय जेष्ठ नागरिकहरुलाई दूरसञ्चार र सूचना प्रविधिको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


Author

थप समाचार
x