अर्थ / बाणिज्य

गुगलले प्ले स्टोरबाट हटायो खतरनाक १३६ एप

इकागज |
असोज १७, २०७८ आइतबार १६:२१ बजे

काठमाडौँ- गुगलले प्ले स्टोरबाट १ सय ३६ एप्लिकेसन हटाएको छ । एप इन्स्टल गरेपछि यसले फोनमा विभिन्न तरिकाले प्रयोगकर्ताको अनाधिकृत डाटा चोरेको भन्दै प्ले स्टोरबाट हटाएको हो ।

गुगलका अनुसार यस्ता एप फोनमा राखेपछि यसले व्यक्तिको अनाधिकृत रुपले डाटामा पहुँच पुर्‍याइ डाटा चोरी गर्छ । डिलिट गरिएका एपले फोनमा डाटा पठाएर फोनको एक्टिभिटी ट्याक गर्ने गरेको गुगलको दाबी छ ।


चर्चित एप्लिकेशन ह्यान्डी ट्रान्सलेटर प्रो, हार्ट रेट ट्याकर, पल्स ट्याकर, जीपीएस लोकेशन ट्याकरलगायतका एपहरू रहेका छन् । गुगलले बेला बेला डाटा चोरी गरेको भन्दै प्ले स्टोरमा भएका एपहरू हटाउदै आएको छ ।


Author

थप समाचार
x