अर्थ / बाणिज्य

यसले कसरी काम गर्छ ?

नेपालले चिन्‍न नसकेको क्रिप्टोकरेन्सी के हो ?

कमल धिताल |
कात्तिक ४, २०७८ बिहीबार ८:४४ बजे

काठमाडौँ - विश्व बजारमा 'क्रिप्टोकरेन्सी'को प्रयोग तीव्ररूपमा विस्तार भइरहेको छ । तर नेपालमा भने 'क्रिप्टोकरेन्सी'को कारोबार अवैध मानिन्छ । नेपालमा बेलाबखत अवैधरूपमा 'क्रिप्टोकरेन्सी'को कारोबार भइरहेको बुझिन्छ । सरकारले त्यस्तो कारोबार गर्नेलाई कारबाही गर्नसक्छ । धेरैलाई 'क्रिप्टोकरेन्सी'को बारेमा जानकारी नहुनसक्छ । हामीले 'क्रिप्टोकरेन्सी'को बारेमा जानकारी दिन यो सामाग्री तयार पारेका छौँ ।

के हो क्रिप्टो करेन्सी ?


'क्रिप्टोकरेन्सी' एक भर्चुअल मुद्रा हो । अनलाइनबाट पैसा जस्तै संकेत हुने भर्चुअल पैसा नै क्रिप्टो करेन्सी हो । यसको भौतिक स्वरूप भने देख्न सकिँदैन । क्रिप्टो र करेन्सी दुई अक्षर मिलेर बनेको यो शब्दमा क्रिप्टो भनेको सेक्रट र करेन्सी भनेको रुपैयाँ हो । हाल क्रिप्टोकरेन्सीको बिटक्वाइन, इथेरेम, टिथर, एक्सआरपी, बिटक्वाइन क्यासलगायतका सैयौँ 'क्रिप्टोकरेन्सी'हरू प्रचलनमा छन् ।

कतिपय देशमा 'क्रिप्टोकरेन्सी' अवैध भनेर प्रतिबन्धित छ । अमेरिका, क्यानडा तथा यूरोप जस्ता देशमा भने 'क्रिप्टोकरेन्सी' लगानी तथा सामान किनबेचसमेत हुने गरेको छ । छिमेकी मुलुक भारतमासमेत 'क्रिप्टोकरेन्सी'मा लगानी खुला गरिएको छ । नेपालमा भने हालसम्म यस मुद्रामा लगानी अवैध मानिएको छ ।

'क्रिप्टोकरेन्सी'को इतिहास

'क्रिप्टोकरेन्सी'को इतिहास आजभन्दा १२ वर्ष पहिले भएको देखिन्छ । जापानी नागरिक सातोसी नाकामोतोले सन् २००९ मा अर्का एक कम्प्युटर प्रोग्रामरलाई १० बिटिसी क्वाइन पठाएर यसको औपचारिक सुरुवात गरेको इतिहास छ ।

कसरी काम गर्छ ?

'क्रिप्टोकरेन्सी'ले कसरी काम गर्छ भन्ने बुझ्नको लागि यसको केही काम गर्ने तरिका र यसमा प्रयोग हुने शब्दावलीको बारेमा जानकारी राख्नुपर्छ । यसका केही शब्दावली र यसको कार्यको बारेमा केही जानकारी तल दिइएको छ जसले तपाईंलाई सजिलै यसबारे बुझ्न मद्दत गर्छ । 

'क्रिप्टोकरेन्सी'

'क्रिप्टोकरेन्सी' अर्थात भर्चुअल मुद्रा दुई करोड १० लाख 'क्रिप्टोकरेन्सी' माइनिङ्ग गर्न मिल्छ । अर्थात 'क्रिप्टोकरेन्सी' कति माइनिङ्ग हुन्छ भन्ने पहिले नै फिक्स छ । 'क्रिप्टोकरेन्सी'को भ्यालु फिक्स्ड भएरसमेत यसको लोकप्रियता झनै चुलिएको हो । 

पियर टु पियर नेटवर्क

पियर टु पियर अर्थात पर्सन टु पर्सन नेटवर्कलाई छोटकरीमा पियर टु पियर नेटवर्क भनिएको हो । विश्वका हजारौ कम्प्युटर नेटवर्क जोइन भएको हुन्छ । यसमा हजारौँ कम्प्युटर नेटवर्कको प्रयोग हुन्छ । यसले काम गर्ने कम्प्युटर सिस्टमलाई ब्लकचेन भनिन्छ ।

ब्लकचेन

ब्लकचेन अर्थात ब्लक र चेन दुई शब्द मिलेर बनेको शब्द हो अर्थात 'क्रिप्टोकरेन्सी'मा भएको ट्रान्जेक्सन ब्लक-ब्लकमा हुने गर्छ । जस्तो एउटा ब्लकमा ट्रान्जेक्सन भएपछि अर्को ब्लकमा पुरोनो ब्लकमा भएको ट्रान्जेक्सनसहित नयाँ ब्लक सुरु हन्छ । 'क्रिप्टोकरेन्सी'को सबै कारोबार एक आपसमा जोडिएको हुन्छ । यो एउटा कम्प्युटरमा मात्र होइन विश्वको हजारौं कम्प्युटरमा सबै ट्रान्पेरसीसहित रहेको हुन्छ । ब्लकचेनमा संयुक्त रूपमा एउटा चेनमा बसेर ब्लक बनाउने र त्यसलाई माइनिङ गर्ने सबैले संयुक्तरूपमा भेरिफाइड गर्ने काम गर्नुपर्ने हुन्छ । जब चेनमा भएका सबै कम्प्युटरहरूले कुनै ब्लकलाई भेरिफाई गर्छन्, अनि मात्रै त्यो ब्लक ब्लकचेनमा थपिन पुग्छ । कुनै एक व्यक्तिले चाहेरमात्र यसको सिस्टम तलमाथि हुदैँन । कुनै व्यक्तिले दोस्रो व्यक्तिलाई दिएको बिटक्वाइन पुरानो कारोबारसमेत हेरेर दोस्रो व्यक्तिको खातामा केवल केही सेकेन्डमा पुग्ने गर्छ ।

माइनर

माइनर भन्नाले 'क्रिप्टोकरेन्सी'को हिसाब मिलाउने मानिस बुझाउँछ। जस्तो ब्लकचेनमा भएको कारोबारलाई व्यवस्थापन गर्नेलाई माइनर भनिन्छ । विश्वमा हजारौं प्रयोगकर्ताले यसको ट्रान्जेक्सन गरेको हुन्छन् र यसलाई हिसाब मिलाएर राख्न माइनरले गर्छ । माइनर गरेबापत यसमा केही बोनस प्राप्त हुने हन्छ । वास्तवमा माइनरले पाउने नयाँ बिटक्वाइन त्यो तथ्यांक राखिदिए एवम् प्रमाणित गरिदिए बापतको उपहार हो ।

माइनिङ

माइनिङ्गले कारोबारलाई भ्यालिड गर्ने काम गर्छ । माइनिङ्ग लागि विशेष प्रकारको कम्प्युटर र सफ्टवेयर प्रयोग गरेर गरिन्छ । यसको माइनिङ्ग गरेबापत माइनरको लागि सोही करेन्सीमा केही रिवार्ड दिइन्छ । माइनिङको लागि अत्यधिक शक्तिशाली कम्प्युटर तथा विद्युत्‌को प्रयोग हुनेगर्छ ।

क्रिप्टोग्राफी

मानौ तपाईंले 'क्रिप्टोकरेन्सी'मा केही पैसा लगानी गर्नुभयो र यसमा त संसारका हजारौं माइनर सबैले तपाईंसँग कति क्रप्टोकरेन्सी छ भन्ने कुरा थाहा होला भन्ने लाग्न सक्छ । तर क्रिप्टोग्राफीले यसको समाधान गर्छ । अर्थात तपाईंको 'क्रिप्टोकरेन्सी' सबै कोडमा हुने गर्छ र अन्यले तपाईंकोसँग कति 'क्रिप्टोकरेन्सी' छ भन्ने कुरा थाहा पाउन सक्दैनन् । यो नै 'क्रिप्टोकरेन्सी'को सबैभन्दा लोकप्रिय बनाउने सिस्टम हो । तपाईंको पैसा दोस्रोको हातमा किन भन्ने उद्देश्यले सुरुवात भएको 'क्रिप्टोकरेन्सी'को क्रिप्टोग्राफी अत्यन्त सुरक्षित प्रक्रिया हो ।

किन तलमाथि हुन्छ 'क्रिप्टोकरेन्सी'को रेट?

'क्रिप्टोकरेन्सी'को कति माइनिङ हुने भन्ने पहिले नै तय छ । यसले गर्दा कुनै बेला यसको रेट तलमाथि हुनु स्वाभाविक हो । केही समयअघि टेस्लाका मालिक एलन मस्कले टेस्लाको गाडी किन्दा 'क्रिप्टोकरेन्सी'मा तिर्न सकिने भनेर घोषणा गर्दा बिटक्वाइनको मूल्य बढेको थियो । पछि मस्कले 'क्रिप्टोकरेन्सी' वातावरणमैत्री नभएको भन्दै 'क्रिप्टोकरेन्सी'मा भुक्तानी नलिने घोषणा गरेपछि यसको भाउ घटेको थियो ।

कतिको सुरक्षित छ?

'क्रिप्टोकरेन्सी' डिसेन्ट्रललाइज मुद्रा हो अर्थात यसमा कसैको नियन्त्रण रहदैन । कुनैपनि निकायको नियन्त्रण नहुँदा यो भर्चअल मुद्रा असुरक्षित छ भन्ने लाग्न सक्छ तर यसको सिस्टमेटिक प्रोसेस बुझ्नुभएमा भने तपाईंलाई असुरक्षित लाग्दैन । 'क्रिप्टोकरेन्सी'लाई सुरक्षित बनाउने मुख्य ब्लकचेन, सिस्टम पियर टु पियर, क्रिप्टोग्राफी लगायतको कुराले यसको सुरक्षा दर्साउँछ । यसलाई कुनै व्यक्ति वा समूहले चाहादैंमा क्षति पुर्‍याउन सक्दैन ।

वातावरणीय चुनौती

यस प्रविधिमा धेरै कम्प्युटर जोडिएका हुन्छन्। ती प्रत्येक कम्प्युटर बिटक्वाइन माइनर हुन् जसले नयाँ बिटक्वाइन बनाउन सहयोग गर्ने मात्रै होइन, बिटक्वाइनको प्रत्येक कारोबारलाई प्रमाणित गर्ने र तथ्याङ्क राख्ने गर्छन् । यसले गर्दा यसमा धेरै सुपर कम्प्युटर तथा उर्जाको खपत हुन जान्छ ।

बिटक्वाइनले कति ऊर्जा खपत गर्छ भन्ने स्पष्ट छैन। तर बिटक्वाइनको प्रविधि एकदमै ऊर्जा खर्चालु भएको कुरामा दुई मत छैन। केम्ब्रिज विश्वविद्यालयमा गरिएको एक अध्ययनले बिटक्वाइनले वार्षिक ४० देखि ४ सय ४५ टेरावाट ऊर्जा खपत गर्ने अनुमान गरेको छ ।

'क्रिप्टोकरेन्सी'ले प्रयोग गर्ने ब्लकचेन प्रविधिका लागि ठूलो कम्प्युटर शक्ति आवश्यक पर्छ  यसमा अत्यधिक ऊर्जाको खपत हुने गर्छ ।

विश्व नै डिजिटल मुद्रातर्फ

विश्वमा 'क्रिप्टोकरेन्सी'को लोकप्रियतासँगै कतिपय देशहरू डिजिटल मुद्रा निश्कासनको तयारीमा रहेका छन । भारत, चीन, जापानलगायतका मुलुकहरू आफ्नै करेन्सी निकाल्ने तयारीमा रहेको छन् । कतिले 'क्रिप्टोकरेन्सी' र कुनै देशको केन्द्रीय बैंकले जारी गर्ने डिजिटल करेन्सी एउटै हुन् भन्ने लाग्न सक्छ, तर यी दुवै फरक फरक करेन्सी हुन ।

केन्द्रीय बैंकको नियमनमा उसैले जारी गर्ने अभौतिक मुद्राहरू हुन् । यस्ता मुद्राहरू वास्तवमा केन्द्रीय बैंकले हाल जारी गरिरहेका भौतिक मुद्राकै अभौतिक रूप हुन् । 'क्रिप्टोकरेन्सी' विकेन्द्रित लेजर, जसलाई ब्लकचेनले बाधेको हुन्छ ।  ब्लकचेनको माध्यमबाट जोसुकै व्यक्तिले माइन गर्न सक्छ । तर केन्द्रीय बैंकले जारी गर्ने मुद्रा भने सोही बैंकले मात्र माइनिङ गर्छ । खासगरी 'क्रिप्टोकरेन्सी'को बढ्दो लोकप्रियताका कारण मौद्रिक प्रणाली नै राज्यको नियन्त्रणबाहिर जान सक्ने चुनौती देखिएपछि संसारभरिका केन्द्रीय बैंकहरू डिजिटल मुद्राको अध्ययन र प्रयोगमा जुटेका हुन् ।

नेपालको विषय

झन्डै १२ वर्षअघि सुरु भएको 'क्रिप्टोकरेन्सी' मूल्य आजको दिनमा १ बिटक्वाइनको करिब ७७ लाख पुगेको छ । मानौ आजभन्दा १२ वर्षअघि तपाईंले १० रूपैयाँमा १ बिटक्वाइन किन्नुभएको थियो भने आज ७७ लाख रूपैयाँ हुन्थ्यो । नेपाल राष्ट्र बैंकले 'क्रिप्टोकरेन्सी'लाई अवैध घोषणा गर्दै यसको लगानी तथा कारोबार गर्नेलाई कारबाही गर्ने गरी गत भदौ २४ गते सूचना निकालेको थियो । नेपालमा कुनै पनि 'क्रिप्टोकरेन्सी' माइनिङ तथा त्यसको कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने सूचना निकालेको थियो । केही महिना अगाडिबाट ५ सयसम्म अन्तराष्ट्रिय भुक्तानी सुरु गरेको राष्ट्र बैंकले 'क्रिप्टोकरेन्सी'को वैधतामा निक्कै समय कुर्नुपर्ने देखिन्छ ।  

नेपालले चिन्न नसकेको सुन

'क्रिप्टोकरेन्सी' नेपालले चिन्न नसकेको सुन भन्दा फरक नपर्ला । किनभने गत भदौ २४ मा नेपालराष्ट्र बैंकले नेपालमा 'क्रिप्टोकरेन्सी' अवैध कारोबार हुँदै आएको भन्दै यसमा लाग्ने र माइनिङमा संलग्न हुनेलाई कडा कारबाही गर्ने पत्र निकाल्यो । राष्ट्र बैंकको पत्रमा यसबाट सर्वसाधारण ठगिन गएको भन्दै निकालिएको पत्रले 'क्रिप्टोकरेन्सी'मा नेपालबाट लगानी अवैध रहेको र यसमा लगानी गैरकानुनी भनेर सूचनाले 'क्रिप्टोकरेन्सी'मा लगानी गर्ने भनेर बसेका धेरै निराश भए ।

पूर्व अर्थमन्त्री युवराज खतिवडाले क्रिप्टो करेन्सीको विश्‍वभर बढ्दो कारोबार र नेपालको तयारीका सवालमा चासो देखाएपछि उनको कार्यकालमा यसबारेमा विशेष चासो देखिएको थियो । उनी सरकारबाट हटेसँगै पुन: यो मुद्दा पनि सेलायो । छिमेकी देश भारतले समेत केही समयअघिदेखि 'क्रिप्टोकरेन्सी'को कारोवार खुला गरेको थियो । 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x