अर्थ / बाणिज्य

अब 'सोनी लिभ'को सब्सक्रिप्सन नेपालबाट पनि गर्न सकिने

इकागज |
कात्तिक ८, २०७८ सोमबार १७:४२ बजे

काठमाडौँ- सोनी पिक्चर्स नेटवर्क ईण्डियाको लोकप्रिय ओटीटी प्लाटफर्म 'सोनी लिभ' अब नेपालबाटै सब्सक्रिप्सन गर्न सकिने भएको छ । सोनीले टेलिनेटसँग नेपालमा सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्ताहरुलाई स्थानीय बिलिङ च्यानल मार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । अब नेपाली दर्शकले पनि सोनी लिभ एपको प्रिमियम सदस्यता प्राप्त गरि यसको कन्टेन्ट हेर्न सक्नेछन् ।

नेपालका दर्शकले सोनी लिभको सब्सक्रिप्सन विभिन्न डिजिटल वालेट ई–सेवा, आइएमई पे वा खल्तीबाट भुक्तानी गरी यसको सदस्यता प्राप्त गर्न तथा नविकरण गर्न सक्नेछन् । सोनी लिभ एप सोनी पिक्चर्स नेटवर्क इन्डियाले संचालन गरेको एप हो यसमा विभिन्न वेब सिरिज, फुटबल एवं क्रिकेट लाइभ, हिन्दी फिल्म लगायतका मनोरन्जनात्मक कार्यक्रमहरू रहेका छन् । नेपाली दर्शकले मासिक ४ सय ६९ रुपैयाँमा एक महिनाको सेवा प्राप्त गर्न सक्नेछन् ।



Author

थप समाचार
x