अर्थ / बाणिज्य

त्रिवि र वीर अस्पतालको रिपोर्ट मोबाइलमै हेर्न सकिने

इकागज |
कात्तिक १०, २०७८ बुधबार १२:५७ बजे

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (त्रिवि) र वीर अस्पतालको प्रयोगशालाको रिपोर्ट अब मोबाइलबाटै हेर्ने व्यवस्था मिलाएको छ । बिरामीले गराएको स्वास्थ्य परिक्षण रिपोर्ट अनलाइनमार्फत जहाँबाट पनि हेर्न सकिन्छ । स्वास्थ्य परीक्षण पश्‍चात बिरामीले रिपोर्ट लिन पुन: अस्पतालमै जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।  

त्रिवि शिक्षण अस्पतालका अनुसार ल्याब परीक्षणको रिपोर्ट अनलाइनमार्फत पाउनका निम्ति बिरामीले परीक्षण शुल्क बुझाएको बिलमा भएको लिंक खोल्नुपर्छ । आफ्नो बिलमा युजर नाम र मोबाइल नम्बर राखेर लग इन गरेर रिपोर्ट हेर्न सकिन्छ ।


अनलाइन मार्फत वीर अस्पतालको रिपोर्ट हेर्नका लागि बिरामीले  फोन नम्बर वा ईमेल आईडी टिपाउनुपर्ने जनाइएको छ । त्यसपछि सोही नम्बर वा इमेलमा रिपोर्टको लिंक उपलब्ध गराइने अस्पतालले जनाएको छ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भने यस अघि नै अनलाइन मार्फत ल्याव रिपोर्ट हेर्न मिल्ने व्यवस्था गरेको थियो । 


Author

थप समाचार
x