अर्थ / बाणिज्य

मिठाइमा प्रयाेग भएकाे रङ खाद्य हाे कि अखाद्य ? यसरी चिनाैं

कमल धिताल |
कात्तिक १७, २०७८ बुधबार ११:१२ बजे

काठमाडौँ-  पसलमा सुन्दर तरिकाले सझाइएका रङ्गीन मिठाई देख्दा जोकोहीलाइ आकर्षक लाग्छ । अन्य पर्व पूजापाठ र विशेष कर्ममा प्रयाेग हुने मिठाइ तिहारमा भने अत्याधिक प्रयाेग हुन्छ । तिहारमा लक्ष्मी पुजा गर्दा होस् वा भाइटिका लगाउँदा नै किन नहोस् मिठाईकै प्रयोग धेरै भएको पाइन्छ तर तिहारमा प्रयोग हुने मिठाईहरू कत्तिको स्वास्थ्यवर्दक रहेका छन् त ? तिहारमा मिठाईकाे प्रयाेग धेरै हुनेहुँदा  मिठाईमा खाद्य वा अखाद्य कस्ताे रङकाे प्रयाेग गरिएकाे छ भन्ने परगेल्नुपर्छ ।

चाडपर्वमा मिठाईको माग धेरै हुँदा मिठाई बिक्रेताहरूले  उपभाेक्ता आकर्षित गर्न स्वच्छता तथा अखाध्य रङको प्रयोग गर्ने गरेको पाइन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य र अखाद्य रंग भनेर छुट्याएको हुन्छ । विभागले खाद्य भनेर प्रमाणीकरण  (सर्टिफाइड) गरेको तथा खाद्य वस्तुमा प्रयोग गर्न मिल्ने रंग केही महंगो हुने भएको कारणबाट पनि बिक्रेताले सस्तो मूल्यको रंग प्रयोग गर्ने गरेको पाइन्छ ।


दसैं, तिहार र छठजस्ता चाडपर्वको मुखमा बजार अनुगमन गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग एक महिनादेखि नेतृत्वविहीन छ । सम्बन्धित विभागीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि मन्त्रीविहीन छ । दसैं, तिहार र छठजस्ता चाडपर्वमा बजारमा खाद्य वस्तुलगायतका सामानको खरिदबिक्री अरु समयको तुलनामा धेरै हुने गर्छ । यसकै मौका छोपेर व्यापारी तथा व्यवसायीले उपभोक्तालाई ठगी तथा मिसावट गर्ने गरेका पाइन्छ ।

 तिहार तथा छटमा प्रयोग हुने मिठाईहरूलाई आकर्षक देखाउने वहानमा धेरै केमिकलयुक्त रंगको प्रयोग भएको पाइन्छ । तिहारमा यस्ता अखाद्य खानेकुरा कसरी चिन्ने त ? वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा खाद्य प्रविधि गुण नियन्त्रण विभागले खाद्य वस्तुको जाँच तथा निरीक्षण गर्दै आएको छ तर तर त्यो पनि विशेषत चाडपर्व लक्षित मात्र रहेको देखिन्छ ।

अनुगमन प्रभावकारी नहुँदा व्यापारीहरूले हरेक कुरामा मिसावाट गर्ने गरेको पाइन्छ । कतिपय व्यापारीहरूको मानसिकता कसरी हुन्छ मौकामा नाफा कमाउने रहेको पाइन्छ यसले गर्दा उनीहरू खासै गुणस्तरीयतामा ध्यान दिएको पाइदैँन ।

कसरी चिन्ने त गुणस्तरीय मिठाई तथा खानेकुरा डा. विशाल ढकाल भन्छन तिहारमा सकेसम्म ताजा तथा रंग प्रयोग नगरिएको मिठाई खानेकुरा प्रयोग नगर्न सुझाव दिन्छन् । बजारमा आकर्षक देखाउन खानेकुरामा अत्यधिक रंग प्रयोग गरेको देखिन्छ यसले गर्दा हाम्रो स्वास्थ्यमा प्रतिकुल असर गर्ने गरेको पाइन्छ ।  कतिपय मानिसहरू वासी खानेकुराले बिरामी भएर अस्पतालसम्म आउने गरेका छन् । त्यसैले सकेसम्म रंग मिसाएको खानेकुरा नै प्रयोग नगर्न उनी सल्लाह दिन्छन् ।

पोषणविद् डा. उमा कोइराला सकेसम्म रंग मिसाएको मिठाई तथा खानेकुरा नै प्रयोग नगर्दा यसले हाम्रो स्वास्थ्य धेरै हदसम्म सुरक्षित रहने बताउँछिन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खान हुने र नहुने रंग भनेर छुट्याएको हुन्छ तर व्यावसायीले केही सिमित लोभमा गुणस्तरहीन रंग प्रयोग गर्ने गरेको पाइन्छ । हाल बजारमा नक्कली रंग प्रयोग गरिएको खानेकुरा धेरै बिक्री गरिएको हुन्छ र यस्ता रंग हाम्रो आँखाले देख्दा पनि प्रयोग गर्न मिल्ने हुने हो वा होइन भन्ने छुट्याउन सकिदैन । त्यसैले रंग मिसाएको खानेकुरा प्रयोग नगर्न कोइराला सुझाव दिन्छिन् ।

अखाद्य रंग मिसाएको खानेकुराले मानिसको शरिरको कलेजो किड्नी लगायतका अंगहरू एकदमै खराब गर्छ साथै यसले ग्यास्ट्रिक जस्ता समस्याहरू निम्ताउने डा. कोइरालाको भनाई छ ।

सकेसम्म रङ नमिसाएको खानेकुराको प्रयोग गर्न तथा आफूले अत्यन्तै विश्वास गरेको ठाउँ बाट मात्र मिठाई तथा खानेकुरा किनेर प्रयोग गर्न उपभोक्तालाई कोइरालाको सुझाव छ । देख्दा आकर्षक भन्दा पनि स्वास्थलाई फाइदा गर्ने खानेकुरा प्रयोग गर्दा धेरै हदसम्म सुरक्षित रहन सकिने कोइराला बताउँछिन् । आकर्षक र जिब्रोलाई स्वादिलो खोज्दा हामीले स्वास्थमा प्रतिकूलता निम्त्याइरहेका हुन्छाैं । त्यसलै स्वास्थ्यमा ध्यान दिन आफूले खरिद गर्ने खानेकुराको विशेष ध्यान दिन जरुरी रहेकाे डा.  काेइरालाकाे सुझाव छ । 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x