अर्थ / बाणिज्य

मोबाइलमा मात्रै बाहिरियो २० अर्ब बढी

इकागज |
मंसिर ९, २०७८ बिहीबार ११:५९ बजे

काठमाडौँ- भन्सार विभागले जारी गरेको चार महिनाको तथ्यांक अनुसार नेपालमा आयत गरिने मोबाइलमा मात्रै २० अर्ब बराबरको रकम बाहिरिएको छ। गत साउनदेखि कात्तिक महिनासम्मको तथ्यांक अनुसार देशमा २६ लाख १ हजार ७ सय ८० मोबाइल सेट भित्रिएका छन् । जसमा २० अर्ब ३५ करोड ८६ लाख रुपैयाँ भन्दा बढी रकमको मोबाइल फोन आयत भएको हो ।

गत वर्षको तुलनामा यो रकम झन्डै ६ अर्ब भन्दा बढी हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा साउन-कात्तिक १४ अर्ब १५ करोड ७४ लाख ८९ हजार रुपैयाँको कुल २१ लाख २० हजार ८२५ वटा मोबाइल फोन आयात भएको थियो ।



Author

थप समाचार
x