अर्थ / बाणिज्य

सडकबाटै सवारी चार्ज प्रविधिको परीक्षण

इकागज |
मंसिर १६, २०७८ बिहीबार ११:४७ बजे

काठमाडौँ- अमेरिकामा सडकमा गुडिरहेको बेला सवारी चार्ज गर्न सकिने नयाँ प्रविधिको परिक्षण गरिएको छ। विश्व बजारमा पछिल्लो समय विद्युतीय सवारीप्रति मानिसहरुको चासो र आकर्षण बढिरहेको बेला अमेरिकाकाे सडकमा गुडिरहेकै समयमा चार्ज गर्न मिल्ने नयाँ प्रविधिको विकासको लागि नयाँ प्रविधि परिक्षण गरेको हो ।

पछिल्लो समय उपभोक्ताहरू विद्धुतीय गाडीप्रति आकर्षित भएपछि अमेरिकी कम्पनीहरू यस प्रविधिको विकासमा केन्द्रित भएका हुन् । क्यालिफोर्नियाको एक कम्पनीले यसको लागि अनुसन्धान सुरु गरेको छ । चार्जिङका लागि लाग्ने समय पनि ठूलो समस्या भएको हुँदा यदि यो प्रविधि सफल भएमा यसले मानिसको दैनिकी ठूलो फड्को मार्ने जनाइएको छ।


यही समस्या समाधानका लागि अमेरिकाले गाडी गुड्दै गर्दा उक्त गाडीको ब्याट्री वायरलेस हिसाबले चार्ज गर्नसक्ने खालको प्रविधियुक्त सडक बनाउनेतर्फ काम गरिरहेको हो। यसका लागि इन्डक्टिभ चार्जिङ नामको प्रविधिको विकास गरिन लागेको छ।

यसै वर्षको जुलाईमा अमेरिकाको इन्डिया राज्यको यातायात विभाग तथा परड्यू यूनिभर्सिटीले विश्वकै पहिलो वायरलेस चार्जिङ कंक्रिट हाइवेको योजना बनाएका थिए यस परियोजनामा एस्पायर नामको इन्जिनियरिङ रिसर्च सेन्टरले काम गरिरहेको छ। यसलाई नेशनल साइन्स फाउन्डेशनले आर्थिक सहयोग गरेको छ।

एस्पायरको क्याम्पस निर्देशक नाडियाका अनुसार संस्थाको उद्देश्य इलेक्ट्रिक सवारीहरु सडकमा गुडिरहेको बेला चार्ज गर्नु हो। यसका लागि चुम्बकीय कंक्रिट प्रविधिको उपयोग गरिने भएको छ जसमा आइरन अक्साइड, निकल तथा जिंक जस्ता धातुहरुको सम्मिश्रण रहेको हुन्छ।


Author

थप समाचार
x