अर्थ / बाणिज्य

उद्योग विभागको महानिर्देशकमा तिवारी, भुषाल मन्त्रालय तानिए

इकागज |
मंसिर १७, २०७८ शुक्रबार १५:४१ बजे

काठमाडौँ– सरकारले उद्योग विभागको महानिर्देशकमा रामचन्द्र तिवारीलाई पदस्थापन गरेको छ । उनी गत कात्तिकमा खुला प्रतिस्पर्धामा नाम निकालेर सहसचिव बनेका हुन् । सहसचिव भएको एक महिनामै उनले उद्योग विभागको नेतृत्व गर्ने महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छन् । 

विभागका यसअघिका महानिर्देशक जीवलाल भुषाललाई मन्त्रालयमा तानिएको छ । तिवारीले बिहीबारदेखि उद्योग विभागको महानिर्देशकको पदभार सम्हालेका छन् । 
 



Author

थप समाचार
x