अर्थ / बाणिज्य

यसरी तान्यो खुकुरी रमको नयाँ प्याकेजिङले ग्राहकलाई

इकागज |
मंसिर १८, २०७८ शनिबार १२:३४ बजे

काठमाडौँ - अन्तर्राष्ट्रियस्तरको अनुभव र नेपालीको मौलिकपन तथा परम्परालाई समेत फ्यूजन हुने गरी एक विशेष अनुभूति दिलाउनेगरी तयार भएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रम पारखीहरुको ध्यान तानेको छ ।  विगत ६२ वर्षदेखि खुकुरी रमको अनुभव लिएका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको स्वरुपमा तयार भएको नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रिया दिएको कम्पनीको दाबी छ ।

नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषता थपिएका छन् । द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेकाअनुसार रमको नयाँ बोत्तलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुन: प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ ।


यस्तै, खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछाने बताउँछन् । रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरुको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उनी बताउँछन् ।

यस्तै, नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्तालाई शत प्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वास दिलाउने उनको तर्क छ । नयाँ प्याकमा एकअर्काको पूरकको रुपमा रहेको खुकुरीले नेपालीको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वर्ल्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ ।

खुकुरी रमको नयाँ प्याकका यी ५ विशेषताका कारण ग्राहक उत्साहित देखिएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिइएको कम्पनीले उल्लेख गरेको छ ।


Author

थप समाचार
x