अर्थ / बाणिज्य

दुरसञ्‍चार प्राधिकरणमा जागिर खुल्यो, यसरी आवेदन दिनुहोस्

इकागज |
मंसिर १९, २०७८ आइतबार १२:२६ बजे

काठमाडौँ - नेपाल दूरसंचार प्राधिकरणले विभिन्न पदका लागि पदपूर्तिको सूचना निकालेको छ। प्राधिकरणले कार्यक्षमता मूल्यांकनद्वारा ६ पदका लागि सात जना पदपूर्ति गर्न लागेको छ।

वरिष्ठ निर्देशक, निर्देशक र उपनिर्देशकलाई कार्यक्षमता मूल्यांकनबाट नियुक्त गर्ने तयारी प्राधिकरणको छ। कार्यक्षमता मूल्यांकनबाट दरखास्त दिने उम्मेदवारहरूले ३० दिनभित्र आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।


यस्तै, नौ पदमा आन्तरिक प्रतिस्पर्धा र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने प्राधिकरणले जनाएको छ। उपनिर्देशक, सहायक निर्देशक र सहायकका पदमा प्राधिकरणले यो विधिबाट पदपूर्ति गर्ने जनाएको छ। प्राधिकरणले १९ गतेबाट २१ दिनभित्र दरखास्त दिन सक्ने जनाएको छ। साथै, थप सात दिन भित्र दोब्बर दस्तुर बुझाएर आवेदन दिन सकिन्छ।

यसरी दिनुहोस् आवेदन

दरखास्त लागि प्राधिकरणको वेबसाइटमा गई ‘करियर’ मा क्लिक गरी खुला प्रतिस्पर्धाका लागि ‘एप्लिकेशन ओपन’ र आन्तरिक प्रतिस्पर्धाको लागि एप्लिकेशन इन्टरनलमा क्लिक गरी फारम भर्न सकिने छ ।

दरखास्तका लागि आवश्यक दस्तुर प्राधिकरणको नबिल बैंकमा रहेको खातामा जम्मा गरी त्यसको भौचर स्पष्ट बुझिने गरी अनलाइन दरखास्त प्रणालीमा प्राप्त निर्देशनअनुसार अपलोड गर्नुपर्ने उल्लेख छ ।


Author

थप समाचार
x