अर्थ / बाणिज्य

नेपालको पर्यटकीय क्षेत्र अवलोकन गरेर बंगलादेशी टोली फिर्ता

इकागज |
मंसिर १९, २०७८ आइतबार २१:३४ बजे

काठमाडौँ - नेपालको पर्यटकीय क्षेत्रको गरेर बंगलादेशको टोली आइतबार स्वदेश फर्किएको छ । नेपाल-बंगलादेश मैत्री संघको निमन्त्रणामा नेपाल आएको १० सदस्यीय टोली पोखरा, चन्द्रागिरिलगायत स्थानमा पर्यटन र व्यापारसम्बन्धी अध्ययन गरेर आइतबार फर्किएको हो ।  

भ्रमणमा आएको बंगलादेशमैत्री संघका वरिष्ठ सल्लाहकार इन्जिनियर चोवांग्री नेशरुलले नेपालको प्राकृतिक सौन्दर्य, इमान्दार र कर्मठ नेपालीबाट आफूहरुले प्रेरणा लिएको बताए । नेपाल-बंगलादेशमैत्री संघका अध्यक्ष दिनदया रिजालले आगामी दिनमा दुई देशबीच पर्यटन, संस्कृति र व्यापारका क्षेत्रमा सरकार र जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता भ्रमण फलदायी हुने बताए । टोलीको उपस्थितिमा पर्यटन र संस्कृतिका विषयमा अन्तरक्रिया र सम्मानसमेत गरिएको छ ।



Author

थप समाचार
x