अर्थ / बाणिज्य

सेयर बजार २५०० अंकमाथि

इकागज |
पुस ७, २०७८ बुधबार १५:१५ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज नेप्से बुधबारको कारोबारमा पनि उकालो लागेको छ । अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकलाई स्थानीय सरकारको सञ्चित कोषबाट ८० प्रतिशत रकम निक्षेप राख्‍न पाउने व्यवस्था गरेपछि बजारको तरलता संकट हट्ने विश्वासले लगानीकर्ता सेयरबजारप्रति आकर्षित हुँदा मंगलबारदेखि बजार उकालो लाग्न सुरु गरेको थयो । मंगलबारको कारोबारमा परिसूचक ५६.७३  अंकले बढेको थियो। करिब एक महिनादेखि निरन्तर गिरावट आएको बजार मंगलबार र बुधबारको कारोबारमा भने केही सुधार देखिएको हो ।

बुधबारको कारोबारमा सेयर बजार परिसूचक ९२ अंकले बढेको हो।  कारोबार बन्द हुँदा परिसूचक ९२.१६  अंक अर्थात ३.८२ प्रतिशतले बढेको छ । आजको कारोबारपछि नेप्से परिसूचक २५०७.७१ अंकमा उक्लिएको छ।


नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १४.७४ अंक अर्थात् ३.१९ प्रतिशतले  बढेर ४७७.२७ अंकमा उक्लिएको छ । आजको कारोबारमा २ सय ३३ कम्पनीका सेयर ५५ हजार ९ सय ९७ पटक कारोबार भएको छ ।

आज कारोबार रकम पनि केहि बढेको छ । ४ अर्ब ५२ करोड ३३ लाख ८ हजार १ सय ४३ रूपैयाँ बराबरको कारोबार हँदा ८१ लाख ४ हजार ३ सय १९ कित्ता सेयर किनबेच भएको छ। बुधबारको कारोबारमा १ सय ८६ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने २ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

आजको कारोबारमा होटल बैंक लगायतका १३ वटै समूह परिसूचक हरियो देखिएका छन् । आजको कारोबारमा अरुण भ्याली हाइड्रो, बरूण हाइड्रो पावर, अपर तामाकोशी, शिवम् सिमेन्टको सेयरमा सर्किट ब्रेकर लागको छ ।


Author

थप समाचार
x