अर्थ / बाणिज्य

मंगलबारदेखि ब्ल्याकबेरी बन्द हुँदै

इकागज |
पुस १८, २०७८ आइतबार १२:१४ बजे

काठमाडौँ - कुनै समयको लोकप्रिय बान्ड ब्ल्याकबेरी बन्द हुने भएको छ । कम्पनीले आगामी मंगलबारदेखि ब्ल्याकबेरी ओएस बन्द गर्ने घोषणा गरेको हो । कम्पनीले आधिकारिक रूपमा यसले आफ्ना सबै क्लासिक स्मार्टफोन मोडेलहरूलाई ओएस सप्पोर्ट बन्द गर्न गइरहेको घोषणा गरेको छ। ब्ल्याकबेरी क्लासिक स्मार्टफोन प्रयोग गर्ने कुनै पनि प्रयोगकर्ताहरूले यसलाई प्रयोग गर्न नसक्ने जनाएको छ।

ब्ल्याकबेरी फोन ब्रान्डले ब्ल्याकबेरी ओएस वा बीबी १०ओएसमा काम गर्ने कम्पनीका सबै क्लासिक स्मार्टफोनहरूलाई सप्पोर्ट गर्न बन्द गर्ने घोषणा गरेको छ। कम्पनीको आधिकारिक समर्थन बन्द भएपछि ब्ल्याकबेरी क्लासिक स्मार्टफोन प्रयोगकर्ताहरूले कलिङ, डाटामा पहुँच, एसएमएस र त्यसपछि डिभाइसमा आपतकालीन प्रयोग जस्ता सबै सुविधाहरू गुमाउने छन्।


यो नयाँ नियम ब्ल्याकबेरीको क्लासिक स्मार्टफोनहरूमा मात्र लागू हुनेछ। अर्कोतर्फ, ब्ल्याकबेरीको एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने स्मार्टफोनहरू अझै पनि प्रयोग गर्न सकिने जनाएको छ। ब्ल्याकबेरी क्लासिक स्मार्टफोनका अवस्थित प्रयोगकर्ताहरूलाई जनवरी ४ अघि आफ्नो फोनमा डाटा ब्याकअप गर्न र तुरुन्तै नयाँ स्मार्टफोनमा स्विच गर्न अनुरोध गरेको छ ।


Author

थप समाचार
x