अर्थ / बाणिज्य

सेयर बजार ३२ अंकले बढ्यो

इकागज |
पुस १९, २०७८ सोमबार १५:२२ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) सोमबार ३२ अंकले बढेको छ। आइतबार ६०.४१ अंकले बढेको परिसूचक सोमबार पनि ३२.०३ अंकले बढेको हो । आजको कारोबारपछि सेयर बजार परिसूचक २६१६.९४ बिन्दूमा पुगेको छ । नेप्सेमा ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स १.२२ प्रतिशतले बढेर ४८७.८७ अंकमा पुगेको छ। 

आज सेयर बजारमा ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७९ रूपैयाँ बराबरको ८२ लाख ५ हजार ५२ कित्ता सेयर किनबेच भएको छ ।


नेप्सेमा आज व्यापार समूहको परिसूचक ७ प्रतिशतले तथा माइक्रो फाइनान्स, फाइनान्स परिसूचक पनि क्रमशः २.८८ प्रतिशत र २.०५ प्रतिशतले बढेको छ । आजको कारोबारमा म्यानिफ्यक्चरिङ एन्ड प्रडक्सन समूह भने ०.०३ प्रतिशतले घटेको छ ।

नेप्सेमा कारोबार भएका मध्ये १४९ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने ४१ ओटा कम्पनीको मूल्य घटेको छ । बढेको बजारमा पनि गुमाउने कम्पनीहरूमा रुरु जलविद्युत, नेपाल बङ्लादेश बैंक, कलिका पावर लगायत छन् ।


Author

थप समाचार
x