अर्थ / बाणिज्य

सेयर बजार १९ अंकले बढ्यो, ७ अर्बमाथिको कारोबार

इकागज |
पुस २६, २०७८ सोमबार १५:२८ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार १९ अंकले बढेको छ । तीव्र उतार चढावकाबीच बजार बन्द हुने बेलामा परिसूचक १९.४३ अंकले वृद्धि हुँदा समग्र बजार परिसूचक २७८४.९४ अंकमा पुगेको छ।

आइतबार ७३.०५ अंकले बढेको बजार सोमबारको कारोबारमा भने १९ अंकले बढेको हो। आज सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक ०.७० प्रतिशत र ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.१६ अंकले बढेको छ ।


आज नेप्सेमा २३६ कम्पनीको ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रूपैयाँ बराबरको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता सेयर ७७ हजार १ सय ८३ पटक खरिद बिक्री भएको छ ।

सोमबार नेप्सेमा कारोबार भएका कम्पनीहरूमध्ये १११ कम्पनीका लगानीकर्ताको सम्पत्ति बढेको छ भने ७० कम्पनीको सेयर मूल्य सामान्य घटेको छ । बढ्दो बजारमा प्रभु सेलेक्ट फण्ड, चन्द्रागिरी हिल्स, कुमारी बैंक लिमिटेड, नेपाल बाङ्लादेश बैंक, शेन्चरी कमर्सियल बैंकको सेयर मूल्य घटेको छ ।

आज व्यापार समूहको परिसूचक बैंकिङ, होटेल तथा टुरिजम र मेनेफ्याचरिङ तथा प्रोडक्सनको सेयर मूल्य सामान्य अंकले घटेको छ भने अन्य समूहको सेयर मूल्य बढेको छ ।

आज मध्य भोटेकोशीको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ । सर्वाधिक कारोबार गर्ने पाँच कम्पनीमा गुर्खाज फाइनान्स, नेपाल दुरसञ्चार कम्पनी, हाइड्रो इलेक्टोसिटी एण्ड डेभलोमेन्ट कम्पनी, अपि पावर कम्पनी, नेशनल हाइड्रो पावर कम्पनी रहेका छन् ।


Author

थप समाचार
x