अर्थ / बाणिज्य

सेञ्चुरी क्यापिटल प्रमुखमा रमेश कुमार श्रेष्ठ नियुक्त

इकागज |
माघ १, २०७८ शनिबार १३:१९ बजे

काठमाडौँ- सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा  रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैंकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन । 

 श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत रहेका थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन। 



Author

थप समाचार
x